‘बेटर मार्केट’का लागि आइडिया दिन ‘मन्डे मर्निङ कफी क्युरिज’

काठमाडौं,साउन ४ । व्यवसायलाई जोड्ने उदेश्यले क्लक बि बिजनेश इनोभेसन्स प्रा.लि.ले ‘प्रत्येक हप्ता मन्डे मनिङ कफी क्युरिज (Monday Morning Coffee Queries) गर्दै आएको छ । उद्यम व्यवसायमा लागेका व्यवसायीलाई व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले चार महिना अघि सुरु भएको एम एम सी क्यूमा आफ्नो आइडिया दिने र लिनको लागि प्रत्येक हप्ताको सोमवार विभिन्न क्षेत्रका विज्ञ, उद्यमी, विद्यार्थीलगायतको सहभागितामा हुने गरेको क्लक बि बिजनेश इनोभेसन्सका प्रमुख विनय देवकोटाले बताए ।

कार्यक्रम राजधानीको महाराजगञ्जको बोधी बुक्स एण्ड बेक्समा प्रत्येक सोमवार बिहान ९ बजे देखि ११ बजे सम्म सञ्चालन हुने गरेको छ । साउन ३ गते भएको कार्यक्रम विशिष्ट ब्यक्तिहरुले आ आफ्ना आइडिया तथा ज्ञानलाई लगानीकर्ता माझ प्रस्तुत गरेका थिए । कार्यक्रममा प्यासन सेक्युरिटी सोसुसनका निर्देशक ज्ञानेन्द्र भट्टराईले सिसिटिभी क्यामेराले दिदै आएको सुरक्षाको बारेका आफ्नो आइडिया सेयरिङ गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधाका दक्ष तथा अनुभवि व्यक्तित्वहरुले दिएका सुझावले व्यापार, व्यवसाय र उद्योगधन्दाको सवलीकरण तथा जनसम्पर्क अभिवृद्धिबारे जानकारी मिल्नेछ ।

कार्यक्रममा सहभागि भएमा इभेन्टले नयाँ तथा स्थापित व्यवसायीलाई व्यवसाय बढाउन रणनीतिक नयाँ सोचसम्बन्धी परामर्श, व्यावसायिक योजनाबारे परामर्श दिनेछ र व्यापारिक सञ्जाल निर्माण गर्न, प्रचार प्रसार गर्न, व्यापारिक साझेदार, आपूर्तिकर्ता तथा सुझावकर्ता सङ्गठित गर्न, नयाँ व्यवसाय पहिचान गर्न सघाउ पुग्ने देवकोटाले जनाए । व्यवसायीलाई आफ्नो व्यवसायका प्रतिस्पर्धी उद्योग एवम् वजार सम्बन्धी ज्ञान वटुल्ने मौका समेत मिल्नेछ । जसका कारण लगानीकर्ताहरुको लागि लगानीको वातावरण वन्न सक्नेछ । क्लक बिले यस अघि काठमाठौंको याक एन्ड यती होटलमा असार १५ गते बिजनेस नेटवर्किङ आवर्स’ इभेन्ट कार्यक्रम गरेको थियो । यस्तो कार्यक्रम नेपालमा पहिलो चोटी आयोजना भएको हो ।

Source: http://www.xpresskhabar.com/archives/116207#.WVmD1oiGPIU