क्लक बिको ‘आइडिया डिजाइनिङ समिट’ आजदेखि

क्लक बि बिजनेश इनोभेसनले आयोजना गरेको आइडिया डिजाइनिङ समिट आजदेखि काठमाण्डौमा सुरु भएको छ । इनोभेसन आइडिजको रुपमा हुन लागिरहेको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय १६ व्यत्तिहरु स्पिकर तथा मेन्टरको रुपमा रहेका छन् ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भइरहेको कार्यक्रममा क्युराटर एण्ड स्टोरी टेलिङ कोचका फाउण्डर आर्नाउद कोलेरी मुख्य आकर्षकका रुपमा रहेका छन् । यसैगरी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य कि नोट स्पिकरको रुमा रहेका छन ।

कार्यक्रममा शेखर गोल्छा, चन्द« ढकाल, रञ्जित आचार्य, अमृत गुरुङ लगायत गेष्ट तथा मेन्टरका रुपमा रहेका छन् । यसैगरी बिनोद दास, लक्ष्मण न्यौपाने, डा. प्रनवराज जोशी, शुशिल पोखरेल, रबिना देशराज श्रेष्ठ लगायत स्पिकरको रुपमा रहेका छन् । ५ सय बढिको सहभागिता रहेको कार्यक्रम दुइ दिनसम्म सञ्चालन हुनेछ ।

नेपालमै पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिरहेको र यसले उद्यमशिलताको विकास, आइडियाको खोजी र इन्भेष्टमेन्टको अवसर समेत प्रदान गर्ने आयोजक क्लक बिले जनाएको छ । कार्यक्रमलाइ नेपाल खाद्य बैंक र मेगाको बैंकको स्पोन्सर रहेको छ ।

Source: http://livingwithict.com/news-innovation-ids-9932/