युवाको आइडियामा लगानी जुटाउन ‘मिट इन्भेस्टर्स एट ब्रेकफाष्ट’ स्वदेशमै राम्रो प्रतिफल

काठमाडौं।क्लक विजनेश इन्नोभेसनले युवाको आइडियामा लगानी जुटाउन ‘मिट इन्भेस्टर्स एट ब्रेकफाष्ट’ कार्यक्रम गरेको छ।सात युवाले लगानीकर्तामाझ आफ्नो नयाँ व्यवसायको खोज प्रस्तुत गरेका थिए।

इभेन्टको लगानीकर्ता प्यानलमा शिक्षा व्यवसायी उमेश श्रेष्ठ, मिडिया तथा एयरलाइन्स व्यवसायी रामेश्वर थापा, सूचना प्रविधि व्यवसायी सुशील पोखरेल र अन्नपूर्ण मिडिया नेटवर्कका सचन थापा थिए।श्रेष्ठले युवा उद्यमीलार्इ जागीर भन्दा आफ्नै व्यवसाय गर्न सुझाब दिएको बताए।

थापाले राजधानी भन्दा मोफसलमा लगानीको सम्भावना रहेको बताउँदै युवाहरुलार्इ राजधानी बाहिर ब्यवसाय गर्ने सोच बनाउन आग्रह गरे।क्लक विजनेशले देशभरबाट मागेको आवेदनमा ७ वटा उत्कृष्ट आइडिया छानेको थियो।संस्थाका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले युवापुस्तालार्इ स्वदेशमै लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिने विश्वास दिलाउन कार्यक्रम गरिएको बताउँदै यसलार्इ निरन्तरता दिने बताए।

Source: http://bizmandu.com/content/-23103.html