नवसिर्जनशील युवा उद्यमी छनौट

काठमाडौं–नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको एक कार्यक्रममा छ जना नवसिर्जनशील युवा उद्यमीहरुको विचार ‘इन्टरनेसनल एन्टरप्रेनियरशिप कन्क्लेभ’मा छनोटमा भएको छ ।

छनोटमा परेका उद्यमीलाई शनिवार नेपाल र भारतका विभिन्न उद्यमी लगानीकर्ताहरुसँगको सहकार्यका लागि प्रमाणपत्र प्रदान गरिएको छ । ।

छनोटमा परेका विचारहरुमा एयरलिफ्ट, स्वदेशी इनोभेसन्स, मेकर भ्याल्ली, अनस्कूल, अफरिङ ह्याप्पिनेस र वाकम्यान व्यवसायी समुह रहेका छन् । ती मध्ये अफरिङ ह्याप्पिनेस र  अनस्कूल भारतीय समूह हो  भने अन्य सबै नेपाली समूह हुन् ।

सम्मेलनमा नेपाल र भारतका  गरी चार सय स्टार्टअप, उद्यमी, लगानीकर्ता, इच्छुक युवाहरू, विशेषज्ञहरू, भारतीय र नेपाली सरकारी अधिकारीको सहभागिता थियो ।

नयाँ प्रविधि र तरिकासहित नयाँ उद्यमीहरुलाई प्रोत्साहन गर्न उद्देश्यले आयोजित एकदिने व्यवसायिक सम्मेलनको उद्घाटन प्रधानममन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेका थिए ।

नेपालका लागि भारतीय राजदुत मन्जिभसिंह पुरीले नेपाल अहिले नीति निर्माणको चरणमा रहेको र खुुशी नेपालीका लागि शिक्षा र प्रविधि मुख्य सवाल भएको बताए ।

 

Source: https://ratopati.com/story/74984?fbclid=IwAR3_nQ3ez8_7_GX49XMVHHqOpGZb1ZPE6Vu3HysdEpEb2yJ3FhrcFVFTPVE