‘क्लक बी’ ले तल्लो तहको वर्गलाई समेत आर्कषित गर्न सक्छ: निर्देशक डिल्लीराज जोशी

उद्यम व्यवसायमा लागेका र लाग्न चाहने व्यवसायीलाई वेष्ट मार्केटको लागि नयाँ–नयाँ आईडिया तथा ज्ञान दिने उदेश्यले काठमाडौंमा सुरु भएको ‘क्लक बी बिजेनेश इनोभेसन्स प्रा. लि.’ अहिले विज्ञ, उद्यमी, विद्यार्थी युवा वर्ग माझ लोकप्रिय बन्दै गएको हो । युवावर्गको अगुवाइमा २ वर्ष अघि स्थापना भएको क्लक बी ‘बिजेनेश इनोभेन्सन’ ले असारमा नेपालका उद्योग व्यवसायका विशिष्ट ब्यक्ति ‘विजेनेश नेटबर्किङ आवर्स’ सम्पन्न गरेको थियो । साथै चार महिना देखि प्रत्येक सोमवार काठमाडौंमा ‘मन्डे मर्निङ कफी क्युरिज’ गर्दै आएको छ । यसै सेरोफेरोमा रहेर ‘क्लक बी बिजेनेश इनोभेन्सन’का निर्देशक डिल्लीराज जोशीसँग गरिएको कुराकानी ।

तपाईहरुले यस संस्थाको नाम ‘क्लक बी बिजेनेश इनोभेसन्स नै किन राख्नु भएको ? के हो यसको खास अर्थ ।

‘क्लक बी को क्लक भनेको चाँही घडी नभएर यसको खास अर्थचाँही ‘समयको सतह’ तथा अर्को ठाँउवाट पनि आफनो लक्षित ठाँउमा पुग्न सकिन्छ त्यो बाटो पत्ता लगाउने सजिलो र सुरक्षित तरिकाले सफल बाटो देखाउने सहयोगि साथीको रुपमा काम गर्ने माध्यम नै क्लक ‘बी’ हो । बिजनेश इनोभेसन्स’ ले चाँही हामीलाई बजारमा आईडिया डिजाईनर र प्रोजेक्ट डिजाइरनको रुपमा चिनाउछौं । हामीबीच वाट चार सर्भिस प्रोभाईट हुदै आएका छौं । ‘बिजनेश कन्सल्टिङ्ग’ ‘बिजनेश आउट सोर्ससिङ’ ‘बिजनेश नेटवर्किङ’ र ‘ बिजनेश इनोभेसन्स’ । बजारमा कमी कमजोरी बढी छ । त्यो कमी–कमजोरीलाई बजारवाटै निकाल्नको लागि हामी २ वर्षअघि लागि परेका छौं ।

‘मन्डे मर्निङ कफी क्युरिज’ सुरुवात चाँही कसरी भयो ?

‘मन्डे मर्निङ कफी क्युरिज’ बिजेनेश नेटवर्किङवाट सुरु भएको हो । हामीले नेपालभरवाट नयाँ तथा स्थापित बिजनेश साथीहरु,विज्ञ, युवा, विद्यार्थीहरुबीच सर्कल बनाउन कफी क्युरिज’ सुरुवात ग¥यौं । प्रत्येक सोमवार बिहान ९ बजे देखि ११ बजेसम्महुने कार्यक्रममा व्यवसाय बढाउने, व्यवसाय सम्बन्धी नयाँ सोच बिचार, आइडिया आदान प्रदान, एक अर्कालाई प्रोत्साहन, राय सुझाव,मद्दत गर्ने उदेश्यले नै हामीले ‘मन्डे मर्निङ कफी क्युरिज’ सुरुवात गरेका हौं । यसवाट धेरै व्यक्तित्वहरु आर्कषित भएका छन् । कफी क्युरिज’को प्रमुख उदेश्यचाँही ‘फर द बेटर मार्केट’ बजार बढाउनु नै हो । त्यसैले नै हामीले यसको सुरुवात गरेका हौं ।

यस्तो आर्कषित कार्यक्रम किन सोमवार नै राखेको शनिवार भएदेखि धेरैले सहभागिता जनाउने अवसर पाँउथे की ?

सोमवार भनेका नै हामी कामको पहिलो दिनलाई मान्छौं । आइतवारलाइ किचकिचे बार मानिन्छनी त ! मार्ग दर्शनमा । सोमवार शक्तिले हामी हप्ता दिनसम्म काम गर्न सकियोस भनेर नै हामीले कार्यक्रमलाई सोमवार नै राजेका हौं । अर्को कुरा त्यसमा सहभागिता जनाउने आम मानिसले कतिको समय निकाल्न सक्छन् । आम मानिसहरुका मलाई फुर्सद छैन् भन्ने प्रचलन बढ्दै गएको छ । मानिसहरु आफ्नो कतिको इच्छुक देखिएका छन् भनेर हामीलाई जाच्ने मौका पनि हुनेछ । हामी आफ्नो लागि कति गर्न सक्छौं भन्ने प्रयासपनि हो । हाम्रो यो कार्यक्रम अरुको कार्यक्रम भिन्न छ यसमा प्रमुख अतिथी कोहिपनि हुदैन् । यसमा हामीसबै समान हौं । हामीले असारमा गरेको ‘बिजनेश नेटवर्किङ’ कार्यक्रममा आउनु भएका ६ सय जना भन्दा बढि सबै प्रमुख अतिथी हुनुहुन्थो । समयले उपयुक्त भएन भन्ने भयो भने नाम फेर्नपनि सकिन्छ । शनिवार प्राय जसोको पारिवारिक समय हो परिवारलाई पनि समय दिउन भन्ने हो । धेरैको माग शनिवारको लागि आएको छ । त्यसमा हामीहरुले नी विचार गरिरहेका छौ त्यसको समय माग अनुसार हेरफेर हुन सक्छ । यो हाम्रो क्लोज सर्किट हो १० जनाको बीचमा हामी आ आफ्ना आइडियाहरु सेयर गर्छौ । दश जनाको बीचमा छलफल गर्ने हाम्रो चाहना हो । त्यसमा धेरै भयो भने उहाँ हरुले नै म अर्को हप्तामा आउछु भनेर भन्नु हुन्छ हामीले धेरै सहभागिताको बारेमा केहि नै बोल्नु पर्दैन ।

‘क्लक बी बिजेनेश इनोभेसन्स ऋण नै लगानि गर्ने संस्था चाँही होईन । लगानीबिना बिजनेशको इच्छाहुदाँ हुदैपनि नसकेको व्यक्तिलाई आईडियाहरु सेयरिङ गरेर लगानी कर्तासँग भेटाएर त्यो बाटोसम्म पु-याईदिने वाताबरणचाँही ‘क्लक बी बिजेनेश इनोभेसन्स गर्दछ ।’

‘मन्डे मर्निङ कफी क्युरिज’को बिशेषता चाँही ?

‘मन्डे मर्निङ कफी क्युरिज’ विशेषता भनेको नै ‘हाम्रा अप्ठारा, हाम्रा समस्या’ सामूहिक रुपमा हल गर्ने हो । एक अर्कावाट सिक्ने हो । त्यसमा सहभागिता जनाउने व्यक्तिवाट केहि सिक्नु नै हो यस कार्यक्रममा हरेक क्षेत्रको विभिन्न खालको व्यक्तित्व भएका मानिसहरुको सहभागिता रहेको हुन्छ । उहाँहरुवाट फरक–फरक आईडिया सिक्न सकिन्छ । हामीले सिक्ने भनेको आफ्नो परिवार पछि साथीवाट नै हो । त्यसलाई चाँही हामी बिजनेशको साथी बनाउने हो । बिजनेश भनेको एक्लैले गरेर हुने होईन,एक अर्काको व्यापारिक साझेदार हो । ‘मन्डे मर्निङ कफी क्युरिज’मा हरेक हप्ता फरक फरक व्यक्तिहरुवाट फरक फरक कुराहरु सेयरिङ गर्ने अवसर हुनेछ । हामी यसमा मुख्य एजेन्डा लिएर जादैनौं । हामी त्यहाँ गएर विषय लिएर त्यसको बारेमा नै कुरा गर्छौ । हरेक हप्ता नयाँ नयाँ विषयवस्तुमा नै छलफल भएको नै हुन्छ । कसको समस्या के छ हामीलाई त थाहा हुदैन नी त्यहाँ आएर सेयर गर्नुप-यो हामी १० जनाको सामूहिक प्रयासले त्यो समस्या सामाधान गर्ने बाटो ‘मन्डे मर्निङ कफी क्युरिज’ वाट हुन्छ ।

‘क्लक बी बिजेनेश इनोभेन्सन’ ले पूँजि नहुनेलाई पनि लगानि गरेर बिजनेशको बाटो देखाईदिन्छ भन्ने पनि सुनिन्छ नी ?

‘क्लक बी बिजेनेश इनोभेसन्स ऋण नै लगानि गर्ने संस्था चाँही होईन । लगानीबिना बिजनेशको इच्छाहुदाँ हुदैपनि नसकेको व्यक्तिलाई आईडियाहरु सेयरिङ गरेर लगानी कर्तासँग भेटाएर त्यो बाटोसम्म पु-याईदिने वाताबरणचाँही ‘क्लक बी बिजेनेश इनोभेसन्स गर्दछ । कुनै पनि मानिस आएर हामीसँग म सँग यसको बिजनेश गर्नै सोच छ भन्नु भो भने हामी दुई किसीमले सल्लाह दिन्छौं । पहिलो भनेको अहिले अवस्थामा यसरी गर्दा राम्रो हुन्छ भनेर त्यो सल्लाहदिन सक्छौ आफ्नो अध्यायनको कारणले अर्को भनेको पैसा लगानी गर्नै मान्छेहरुसँग सम्पर्क गराईदिन्छौं । हामीले बिजनेशको बारेका धेरै गृहकार्य (होमवर्क) गरेका छौं । हामी कहिले पनि कसैलाई केहि सिकाउदैनौं । हामी प्रयासको बाटो देखाईदिन्छौं उहाँहरुले त्यो बाटोमा हिड्न सक्नुपर्छ ।

‘क्लक बी बिजेनेश इनोभेसन्स’ नजरमा पर्ने व्यवसायहरु चाँही कस्ता कस्ता हुन् ?

‘क्लक बी’ को नजरमा व्यवसाय साना ठूला हुदैनन् । हाम्रो नजरमा सबै व्यवसाय समान हुन् । चाँहे दुर्गम गाँउमा सुरु भएको कुखुरा पालन होस यो राजधानीमा भएको ठूला उद्योग होस् हाम्रो लागि समान हुन् । जिन्दगी जिउनको लागि सबै सामानको आवश्यक हुन्छ । उदाहरणको लागि भन्नुपर्दा टि.भी. बनाउने जति आवश्यक छ, जुत्ता बनाउनेको पनि त्यतिनै आवश्यक पर्छ । त्सैले हामीले कुनैपनि व्यापारलाई सानो ठूलो मान्दौनौं ।

‘क्लक बी बिजेनेश इनोभेसन्स’को कार्यक्रमहरु राजधानीमा मात्र सिमीत हो की बाहिर जिल्लातिर पनि छ ?

‘क्लक बी बिजेनेश इनोभेसन्स’को कार्यक्रम अहिलेलाई राजधानीमा मात्र सिमित छ । बाहिरि जिल्लातिरवाट पनि यसको कार्यक्रमको लागि धेरै व्यक्तित्वहरु आर्कषित हुनुभएको छ, कार्यक्रम सम्बन्धी धेरै नै अनुरोधहरु आईरहेको छ । अहिलेको लागि हामीसँग सानोटिम भएको हुनाले तत्कालको लागि सोच्न सकेका छैनौं । कतिपय साथीहरुले कार्यक्रम हामी गर्छौ तपाईहरुको नाम प्रयोग गर्छौ भनेर पनि भनि रहनुभएको छ । हामी त्यसमा अझै असहमत छौं हाम्रो सोच त उहाँहरुको सोच फरक पो छ की बुझ्न सकेका छैनौं । अहिलेलाई हामी भ्याली भित्रनै सिमित छौं अहिले जो उद्योग गरिरहनु भएको छ उद्योगको भावना भएका साथीहरु हामीलाई राजधानी बाहिरवाट पनि धेरैले नै आएर भेटिसक्नु भएको छ । साना उद्योगी र ठूला उद्योगीलाई हामी कसरी जोड्ने भनेर पनि योजना बनाई राखेका छौं । हामीले ‘बिजनेश लिङक’ भनेर पनि कार्यक्रमहरु अघि सारेका छौं । हामी अनलाईन मोडलमा नी छौं । त्यसको समय भने तोकेका छैनौं त्यो छिट्टै नै हुनेछ । हाम्रो योजना भनेको काठमाडौंको मात्र मार्केट होईन देशभरको मार्केटलाई एकै ठाँउमा ल्याउनुपर्छ भन्ने हाम्रो योजना रहेको छ ।

यसमा चुनौतीहरु चाँही के–के छन् नी ?

मुख्य चुनौतीको रुपमा हेर्ने हो भने पहिलो चुनौती संगठानिक रुपले बिजनेशहरु नेपालमा अघि बढेका छ्रैनन् । नेपालमा संगठानिक रुपमा अघि बढ्नु आवश्यक छ । विदेशतिर गई पुन :बिजनेशमा फर्कनेहरुको बाटो टुटिसकेको हुन्छ । मार्केटमा उहाँहरुलाई पहिलाको बाटोमा ल्याउनु नै मुख्य चुनौती हुनेछ । अर्को चुनौती भनेको आइडिया चोरिदिन्छ की भन्ने डर बढि रहेको हो । हामी कसैको आइडिया लिने होइन त्यस सम्बन्धी जानकारी लिने हो । आईडिया भनेको हरेक दिन बढ्दै जाने हो । अर्को कुरा हामीहरुमा प्रतिक्रिया लिन र दिन जानेका छैनौं । हामी खुल्ला रुपले बाहिर प्रस्तुत भएका छैनौं । नेपालीले नेपालीलाई नै मद्दत गर्न जान्नु प-यो । आईडियाहर अहिले गुगलमा नी धेरै नै भेटिन्छन् आईडियाहरु लुकाउनु पर्ने कारणचाँही खासै छैन् ।

आईडिया सिकाए बापत तपाईहरुले पाउने चाँही के हो त ?

हामी कसैलाई आईडिया सिकाए बापत हामीले पैसा लिनेछैनौं हामीले उनीहरुवाट प्रतिक्रिया लिने हो । हामी सूचना जानाकरी दिन्छौं । हामी बिजनेश कम्युनिटीवाट एक अर्कालाई मद्दत गर्ने मात्र हो । हामी कता–कता भावनात्कम तिरपनि छौं, हाम्रो आईडियाले कोही मानिस सफल होस् भन्ने हाम्रो चाहाना हो ।

तपाईहरुको आइडियाले कसैले बिजेनेश सुरु गरेको कसरी थाहाँ पाउनु हुन्छ, उहाँहरु तपाईको संस्थासँग अवद्ध हुन पर्ने की नपर्ने ?

व्यवसायमा कुनै न कुनै को मातहतमा नै रहेको हुन्छ, विभिन्न संघ संस्थासँग आवद्ध भएर नै व्यापारहरु सञ्चालन भएका हुन्छन् । बिजेनेश नै म्यम्बर (सदस्यता) मोडलमा नै रहेको छ बिस्तारै हामी पनि हाम्रो संस्थामा पनि सदस्यता वितरणमा जादैछौं । संस्थागत हिसाबले पनि हामीले संस्थालाई अगाडी लान सोच्नु पर्छ । बिशेष गरि मान्छेहरु सबै पुँजी लगानी गरेर आफ्नो केहि गर्न अलि हिचकिचाउ छन् । पछिल्लो समय मनिसको मोह नेपालमा केहि गरौं भन्दापनि विदेशजान तिर आर्कषित भएका छन् । राज्यले जे भने पनि मानिसहरु ऋण नै गरेरपनि खाडी जानपनि एक दुईलाख खर्च गर्न पछि परेका छैन् । त्यो पैसा बोकेर हामीकहाँ सम्म पुग्नु भो भनेपनि हामी त्यो वर्गलाई समेत मद्दत गर्छौ । हाम्रो आग्रह नै के छ भने आउनुहोस् बजारमा तयारीका साथ आउनु भो भने छोटो समयको लागि आएर हुदैन मार्केट बुझन प-यो हेर्न प-यो समय चाँही लाग्छ । कुनै चिजमा लाग्ने हो भने राता रातचाँही धनी भईदैन् । त्यसको लागि केहि समयचाँही कुर्न पर्छ । हाम्रो प्रयास भनेको चाँही व्यापार व्यसायमा लागेको मानिसले निराश हुनु नपरोस भन्ने हो । प्लान सहित आउनेले कहिलै पनि निराश हुनु पर्दैन । हामीले बिजनेश कै सपोटको लागि काम गरिरहेका छौं । नेपालमा जति बजार बढ्यो त्यो हामीलाई फाईदा हो त्यो पैसा सबै बजारमा नै घुम्ने हो । त्यसको फाइदा व्यापारी र देशको लागि हो ।

व्यवसाय सम्बन्धी नयाँ सोच बिचार, आइडिया आदान प्रदान, एक अर्कालाई प्रोत्साहन, राय सुझाव,मद्दत गर्ने उदेश्यले नै हामीले ‘मन्डे मर्निङ कफी क्युरिज’ सुरुवात गरेका हौं ।

के–के छन् अब तपाईको योजनाहरु ?

हाम्रो नयाँ योजनामा बिजेनेश लिकं सुरु हुदैछ । यो प्रोजेक्ट चाँही हामीले बिजनेशको सपोर्ट सिस्टमको रुपमा बिजनेशलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सुरु गर्दैछौ। साथै बजारमा केहि पृथक कार्यक्रमका साथ आउदैछौँ । जस्तै आन्टरप्रेनियर साइकलोजी र थिन्क इनोभेसन्स । यस बाहेक नोभेम्बर १६, २०१६ मा अर्काे एउटा ठुलो इभेन्ट बजारमा ल्याउदैछौँ ।

नेपालमा कस्तो छ ‘बिजेनेश नेटवर्किङ’ प्रतिस्पर्धा ?

बिजनेश इनोभेसनमा चाँही प्रतिस्पर्धी छैन् । बिजेनेश नेटवर्किङहरु चाँही धेरै नै छन् । हामीलाई चाँही प्रतिस्पर्धाको माझ नै काम गर्न मन लाग्छ । हामी आफ्नो एउटा लक्ष्यका साथ हिडेका छौं । प्रतिस्पर्धा भएपनि फरक फरक बिचार हुने हुनाले खासै फरक चाँही पर्दैन । प्रतिस्पर्धीले के गरिरहनु भएको छ हामी खासै हेर्दा पनि हेर्दैनौं ।

नेपालमा सरकार परिवर्तन भै रहन्छ नी यसको असर पर्छ की पर्दैन ?

राजनितीक परिवर्तनले कुनै पनि काममा गारो अप्ठारो त जसलाई नै सिर्जना गरिरहेको हुन्छनै । कुनै पनि देशको कुनैपनि जनता आफ्नो सरकारसँग खुसी भएका हुदैनन् । सरकारले नयाँ नयाँ चुनौती ल्याएपनि हामी त्यसको सामना गर्दै जाने हो । एउटा लक्ष्य बोकेर हिडेपछि जस्तो चुनौती आएपनि डराउने कुरो त भएन नी । चुनौती भनेको नै मौका हो । हामीले त्यो मौका छोड्नु भएन । सरकारले नयाँ निती ल्याएरजति दरिलो भयो नी त्यो फाइदा त मार्केटलाई नै हुनेत हो नी । राजनितीले कुनैपनि व्यवसायलाई असर त गरिहाल्छ नी ।

अन्त्यमा ?

हामी मिडीयामाझ के भन्न चाहन्छौ की यो हाम्रो प्रयास हो हामी १० जनाको टिमवाट सुरु भएको प्रयासले छोटो समयमा नै राम्रो सफलता पाईसकेको छ । हामी यसवाट भागेर जाने पक्षमा नी छैनौं । देशको समस्या, चुनौतीहरु बुझेर नी हामी यस क्षेत्रमा होमिएका हौैं । धेरै सम्भावना बोकेर आएका छौं यसलाई व्यवहारमा नै उतार्ने छौं । अहिले राजनितीक तहमा होस् या प्रदेशिक तहमा टुक्रिएका छौं हामी जे जे मा टुक्रिएपनि व्यापारमा चाँही हामी एकठाँउमा आउ र प्रतिस्पर्धा गरौं । हामीसँग धेरै योजनाहरु छन् । व्यापारको रुपमा नै एक सफल संस्था भएर नै हामीले अहिले सम्म गरेको कार्यक्रम मध्ये ‘विजेनेश नेटबर्किङ आवर्स’ एकदम सफल कार्यक्रम हो यसमा हामीले सोच्दै नसोचेको सहभागिता रहेको थियो । ६ सय भन्दा धेरै मानिसलाई एकठाँउमा भेला गराएर हामीले सोचेको कुराहरुलाई उहाँहरु माझ प्रस्तुत ग-यौं । हामीहरु भेटभएपनि एक अर्कासँग बोल्र्दैनौं हाम्रो प्रयास भनेको नै एकअर्कासँग बोलौं, केहि कुरा सेयरिङ गरौं भन्ने नै हाम्रो मान्यता रहेको हो । एउटा नयाँ सोच भनेको अन्तर व्यवसायलाई कसरी मिलाउने भन्ने हाम्रो लक्ष्य भनेको जस्तै ‘कृषीमा कुन समूहले सपोट गर्न सक्छ’ । एउटा आफुमा पूर्ण कोहि पनि छैन् । एउटाले व्यवसाय ग-यौ भने अर्कोले छेक्ने प्रचलन रहेको छ । हामीले हेर्ने भनेको आफुले गर्ने व्यवसाय अन्तिमसम्म कसरी सफलरुपले लैजान सकिन्छ भन्ने हो । आइडियाले मात्र मानिस सफल हुदैन त्यसलाई कार्यन्यनमा लैजान पर्छ । आफ्नो–आफ्नो क्षमतालाई अभिवृद्धि गर्ने हो । आ–आफ्नो ठाँउमा प्रतिस्पर्धा गर्नै पर्छ । व्यवसाय गर्दा अरुको भन्दा केहि फरका ढंगले लैजानु प-यो मानिसमा आ आफ्नै विशेषता, क्षमता हुन्छ त्यसैलाई नै अघि सर्ने हो अनि आफै सफल भइहालिन्छ नी । हामीले यो बिजनेश लिङक भन्ने खोल्दै छौं यसको सुरुवात हामी काठमाडौंवाट नै गछौं । अहिलेको हाम्रो प्रयास भनेको ‘बिजनेश लिङक’ देशभर सम्म लैजाने हो । पछि त्यो भन्दापनि पनि पर जाउँला । तल्लो तहको वर्गलाई समेत आर्कषित गर्न सक्ने भनेको बिजनेश लिङक नै हो । हाम्रो भूमिमा हामी केहि गर्न सकिन्छ भन्ने हाम्रो भावना हो । हामीमा युवाहरुको समूह छ जोस जाँगरपनि त्यस्तै छ उहाँहरुले दैनिक नयाँ नयाँ आईडिया लिएर आउनु हुन्छ । हामीले पनि कुनै नयाँ चिज उत्पादन गर्ने होईन भएकैलाई स्थान दिएर नयाँ बनाउने मात्रै हो ।

प्रस्तुतीः अर्जुन न्यौपाने

Source: http://www.xpresskhabar.com/archives/116467#.WVl9yoiGPIU