भारतीय दूतावाससंगको सहकार्यमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ शुरु

नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ शुरु भएको छ ।

भारतीय दूतावाससंगको सहकार्यमा क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा र काठमाडौँको होटल याक एण्ड यतिमा सम्मेलन शुरु भएको हो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जि फन्टका संरक्षक विष्णुप्रसाद रिमाल र भारतीय राजदुत मन्जीव सिंह पुरीले सम्मेलनमा संबोधन गरिसकेका छन् ।

आज दिनभर चल्ने सम्मेलनमा भारतबाट पाँचजना र नेपालबाट पन्ध्र जना भन्दाबढी प्रमुख कार्यकारी अधिकृतहरु र लगानीकर्ताहरुले सम्बोधन गर्दैछन् ।

भारतका विक्रान्त गुजनानी– संस्थापक (ट्रान्स एसिया भेन्चर र यू फस्ट् भेन्चर), आदित्य घोष–प्रमुख कार्यकारी निर्देशक सिइओ, ओयो (इन्डिया एण्ड साउथ एशिया), वरुण सर्राफ, उद्यम कल्याणकारी र थ्रीजा दोउ, (व्लीङक भेन्चर) लगायतले सम्बोधन गर्दैछन् ।

त्यस्तै नेपालको तर्फबाट रंजीत आचार्य, प्रमुख कार्यकारी निर्देशक (प्रिज्म एड्भरटाइजीङ्ग), हेमराज ढकाल, सहसंस्थापक तथा प्रबन्ध निर्देशक, आइएमइ ग्रुप, नरोत्तम आचार्य कार्यकारी निर्देशक, किंग्स कलेज, सुशील पोखरेल, प्रमुख कार्यकारी निर्देशक, सुष्मिता ग्रुप, सुश्री सन्तोषी राना– संस्थापक, विहानी सामाजीक भेन्चर, कुबेर चालिसे, संपादक कारोबार दैनिक र असगर अली, प्रधानमन्त्रीका प्राविधिक सल्लाहकारले सम्बोधन गर्दै छन् ।

काठमाडौं, पोखरा, विरगंज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेज स्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँचलाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएको हो ।

पन्ध्रसय जना उद्यमीहरुले यस सम्मेलनमा भाग लिनकालागि दर्ता गराएपनि त्यसमध्येबाट करीब ६ सय जनालाई छनौट गरिएको दुतावासले जनाएको छ । सम्मेलनमा अडिसनमार्फत छनौट भएका एयरलिफ्ट टेक्नोलोजी, मेकर भयाली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६ वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुआतबारे प्रस्तुती गर्ने छन् ।

 

Source: https://www.samayapost.com/01/72404.html?fbclid=IwAR2TH8gU3OCJgYOTcO38RDZACigABy1hFZvrLLuHfNX6rZaXFASIRDTbYBA