उद्यमशीलता विकासमा जापानको इन्कुवेटर कम्पनीले सहयोग गर्ने

जापानको टोकियोमा रहेको इन्कुवेटर कम्पनी जे–सिड भेन्चर इन्कर्पोरेसनले पर्यावरणीय उद्यमशीलता विकासकालागि नेपाली कम्पनी क्लक बि बिजनेस इनोभेसन र सुस्मित गु्रपसँग सहकार्य गर्ने इच्छा ब्यक्त गरेको छ ।

सेप्टेम्बर ५ मा जापानमा भएको ती कम्पनीहरूको छलफलमा हाइपेरिओन जापानका म्यानेजिङ डिरेक्टर केन नागायो , जे–सिड भेन्चर इन्कर्पोरेसनकी म्यानेजर आयुमी टाकेनुरा र क्लक बि बिजनेस इनोभेसनका स्ट्रेटेजिक एडभाइजर एवम् सुस्मित ग्रुपका प्रमुख  सुशील पोखरेल सम्मिलित थिए ।

बैठकको मुख्य एजेन्डा नै दुबै मूलूकका स्टार्ट–अप उद्यमीहरूलाई टेवा पुर्याउनु रहेको जे–सीड भेन्चर इन्कर्पोरेसनकी म्यानेजर आयुमी टाकेनुराले बताइन । उनले नेपालका कम्पनीहरूसँग काम गर्ने इच्छा रहेको र काम गर्न पाउनेमा आशावादी रहेको बताइन ।

नेपाली स्टार्ट–अप उद्यमीहरूले स्टार्ट–अप फण्ड, बुटस्ट्रापिङ, मेन्टरिङ, नेटवर्किङ, लगानीकताको समर्थन लगायतका समस्याहरूको सामना लामो समयदेखि गर्दै आएका छन् ।

यस सहकार्यले उद्यमशील पर्यावरणीय विकासका लागि एकदमै सकारात्मक कदम रहेको र यसले स्टार्टअप समाज विकासमा सहयोग पुर्याउने सुशील पोखरेलले बताए ।

जे–सीड भेन्चरले यस अघिपनि विदेशी कम्पनी र क्लाइन्टहरूलाई जापानमा व्यवसाय संचालन र स्थापना गर्न विभिन्न ब्यवस्थापन र टेक्नोलोजी सम्बन्धी परामर्श प्रदान गर्दै आएको थियो ।

Source: http://livingwithict.com/japanese-incubator-to-support-entrepreneurial-ecosystem-development-in-nepal/