युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

काठमाडौं–युवा उद्यमीका ब्यवसायमा लगानी जुटाउने उद्देश्यले क्लक वी विजनेस इन्नोभेसनले ‘लगानीकर्तासामु आइडिया प्रस्तुत गर्ने’ कार्यक्रम आयोजना गरेको छ । ‘मिट इन्भेस्टर्स एट ब्रेकफास्ट’ नाम दिइएको कार्यक्रममा ७ जना युवा उध्यमीहरुले आफ्नो बिजनेस आइडिया नेपालका सफल लगानीकर्ताहरुबीच प्रस्तुत गरेका थिए ।

इभेन्टका लगानीकर्ता प्यानलिस्टमा उमेश श्रेष्ठ (शिक्षा ब्यवसायी), रामेश्वर थापा (सिम्रिक एयर), सुशिल पोखरेल (सुश्मित ग्रुप)  र सचन थापा (अन्नपुर्न मिडिया नेट्वर्क) लगायत नेपालका सफल उद्यमीहरु थिए ।

कार्यक्रममा ब्यवसायी थापा र श्रेष्ठले आफ्नो अनुभव बाँडेका थिए। श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी गरेर आफूलाई सफल ब्यवसायीका रुपमा उभ्याएका छन् । उनले युवा उध्यमीहरुलाई आफूले प्रोत्साहन गर्ने बताउँदै राम्रा ब्यवसायिक आइडियामा लगानी गर्न इच्छुक रहेको बताए ।

त्यसै गरी सिम्रिक एयरका अध्यक्ष थापाले ब्यवसायको सम्भावना काठ्मान्डुबाहिर समेत भएको बताउँदै मोफसलमा समेत लगानी विस्तार गर्न सकिने बताए । उनले प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्न आफू इच्छुक रहेको जानकारी दिए ।

इभेन्टमा अर्का ब्यवसायी सुश्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृत शुशिल पोखरेलले नेपालमा उदाउँदा ब्यवसायहरु विस्तार हुँदै गएको जानकारी दिँदै तिनलाई तिखार्न आवश्यक रहेको बताए । उनले उर्जा, सूचना प्रविधि, पर्यटनलगायत ब्यवसायमा लगानी गरेका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापाले आफू फरक ब्यवसाय गर्ने सोच राख्नेहरुसँग काम गर्न इच्छुक रहेको बताए ।  १० वर्ष अमेरिकामा अधयन गरेर फर्केका थापाले अन्नपूर्ण मिडियाको नेतृत्व सम्हालेका छन् ।

क्लक बी बिजनेस इनोभेसन्सले मुलुकभरबाट आवेदन मागेर उल्लेखित उत्कृष्ट ७ वटा कम्पनीका विजनेस आइडिया छानेको थियो । क्लक बिले नेपालभरिबाट प्राप्त ३४ वटा बिजनेस आइडियामध्येबाट ७ वटा छानेको हो । यस्तो कार्यक्रम सुरुआत मात्र भएको बताउँदै आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले निरंतर रुपमा अरु संस्करण गर्दै जाने बताए ।

Source: http://www.arthasansar.com/news/1187