‘बिजनेश नेटवर्किङ आवर’ मा बिनोद चौधरीले सम्बोधन गर्ने

१४ असार, काठमाडौं । क्लक बी बिजनेश इनोभेसनको आयोजनामा भोलि बुधबार ‘बिजनेश नेटवर्किङ आवर’ कार्यक्रम हुँदैछ । व्यापार, व्यवसाय र उद्योगधन्दाकाे सवलीकरण तथा जनसम्पर्क अभिवृद्धिबारे जानकारी दिने उद्देश्यका साथ गर्न लागिएको कार्यक्रमलाई चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सम्बोधन गर्नेछन् ।

चौधरीले नयाँ पुस्तालाई बिजनेशमा आउने उपायसहित यसको सवलीकरणका विधि पाटोका बारेमा आफ्ना अनुभव र भनाइ सम्बोधनमा समेट्नेछन् । कार्यक्रमलाई बिजनेशबारेको आइडिया सेयरिङको लागि एउटा मञ्चका रुपमा प्रस्तुत गर्न लागिएको आयोक संस्थका सिइओ विनय देवकोटाले बताए ।

विभिन्न महत्वपूर्ण ६ वटा खण्डमा सञ्चालन हुने कार्यक्रममा विभिन्न क्षेका विज्ञहरुको सहभातिा पनि रहनेछ । कार्यक्रममा बृहतका कार्यकारी प्रमुख ओमराज भण्डारी, बाजेका सेकुवाको चेयरम्यान चेतन भण्डारी र ठमेल डटकमका को-फाउण्डर बालकृष्ण जोशीले पनि सहभागीसँग विविधि विषयमा अन्तरक्रिया गर्नेछन् ।

होटल याक एण्ड यतिमा हुने कार्यक्रममा सहभागीहरुलाई अनलाइन नेटवर्किङथेड मनिटरिङका बारेमा बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्र, गेगा बैंका सिइओ अनिलकेसरी शाह र पि्रज्मा एडर्भटाइजिङका सिइओ रन्जीत आचार्यले सहभागीले स्मार्टफोनबाट सोधेका प्रश्नहरुको जवाफ दिनेछन् ।

कार्यक्रममा बिजनेश कार्डहरूको प्रदर्शनी पनि हुनेछ । यस्तै कार्यक्रममा सहभागीहरुले पनि आफ्नो बिजनेशबारेको अनुभवहरु आदान-प्रदान गर्नेछन् ।

 

Source: http://www.onlinekhabar.com/2016/06/446349/